कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन सुरु (फोटो/भिडियाे) « Nagarik Khabar

कोरोनाविरुद्धको चिनियाँ खोप लगाउन सुरु (फोटो/भिडियाे)



काठमाडौं । सरकारले बुधबारबाट चीनको अनुदानमा प्राप्त ८ लाख डोज कोभिडविरुद्धको खोप ‘भेरोसेल’ लगाउन सुरु गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो खोप १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइने जनाएको छ ।

बुधबार काठमाडौंको बानेश्वरस्थित नागरिक अस्पतालमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोारनोविरुद्धको खोप हस्तान्तरण गरेकी थिइन् । हस्तान्तरणपछि उक्त खोप लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो खोप काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमा मात्रै दिइने छ ।

दुई डोज दिनु पर्ने भएकोले यस अभियानमा करिब ४ लाखले खोप पाउने छन् । महाशाखाका अनुसार यो खोप १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने छन् ।

यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: