सत्ता र शक्तिको लुछाचुँडीले मुलुक अन्यौलतातर्फ धकेलियोः अध्यक्ष थापा « Nagarik Khabar

सत्ता र शक्तिको लुछाचुँडीले मुलुक अन्यौलतातर्फ धकेलियोः अध्यक्ष थापा



मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्ता र शक्तिको लुछाचुँडीले मुलुक अन्यौलता तर्फ धकेलिएको बताएका छन् । उनले बुधवार मकवानपुरको हेटौंडामा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने पनि बताए ।

काँग्रेस र कम्युनिष्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको उनको भनाई थियो । उनले अब मूलुकका सामु ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: