आरबिबि एनभिए भलिबल च्याम्पियनसिपको पुरुषकाे फाईनलमा एपिएफ « Nagarik Khabar

आरबिबि एनभिए भलिबल च्याम्पियनसिपको पुरुषकाे फाईनलमा एपिएफ



काठमाडाैं । एपिएफ पाँचौ आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुष तर्फ फाईनल प्रवेश गरेको छ । एपिएफले यस अघिनै १५ अंकका साथ फाईनल प्रवेश गरेको टिपटप हेल्प नेपाल क्लबलाई ३ । ० ले पराजित गर्दै १३ अंकका साथ बुलबुले रारालाई पछाडी पार्दै फाईनल प्रवेश गरेको हो । बुलबुलेको ६ खेलबाट १२ अंक मात्र रहेको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार एपिएफले ३ भारतिय खेलाडीलाई फाईनलका लागि बिश्राम दिएको हेल्प नेपाललाई पहिलो सेटमा २५ । १८ ले पराजित गरेको छ । यस्तै दोश्रो सेटमा २५ । १८ ले र तेश्रो सेटमा २५ । २३ ले पराजित गरेको हो । यदि यस स्पर्धामा एपिएफ पराजित भएको खण्डमा बुलबुले रारा फाईनल प्रवेश गर्ने थियो ।

भोलिको खेल महिला तर्फ फाईनल न्यू डायमण्ड र पुलिस ११ः ३० बजे । खेल समापन कार्यक्रम २ः ३० बजे र प्रतियोगिताको पुरुष तर्फको हेल्प नेपाल र एपिएफ विचको खेल ३ः ३० बजे बाट सुरु हुने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: