लकडाउन तोड्दा ३ सय पटक उठबस « Nagarik Khabar

लकडाउन तोड्दा ३ सय पटक उठबस



एजेन्सी । कोरोना भाइरसको महामारीका कारण एक वर्ष लामो लकडाउन सहेका मानिसहरु कतिपय स्थानमा अझै अझै घरमै बन्द हुन बाध्य छन् । लकडाउन पालना गराउने नाममा प्रशासनले गरेको प्रताडना झन् सकिनसक्नु छ । नेपालमा पनि साइकल बोक्न लगाउने देखि सडकमा घण्टौं उभिन लगाएर यातना दिइने गरिन्थ्यो । मानिसहरु घरमा खानेकुरा केही नभएर लकडाउन उलङ्घन गर्न विवश बनेका घटनाहरु हाम्रा अगाडि छन् । यस्तै घटना फिलिपिन्समा घटेको छ ।

प्रहरीले लकडाउन उलङ्घन गरेको भन्दै एक युवकलाई तीन सय पटक उठबस गराएर ज्यान लिएको छ । राजधानी मनिलाको एक प्रान्तमा २८ वर्षका डोरेन नाम गरेका युवक पानी लिन घर बाहिर निस्किएका थिए । सहरमा लकडाउन भएको भन्दै स्थानिय समूहले उनलाई पक्राउ गरी प्रहरी चौकी पुर्यायो । पुलिसले उनलाई सयौं पटक उठबस गर्न लगायो ।

उठबस गरेर उनी घर फर्किए र आफ्नी श्रीमतीलाई आफूलाई धेरै पीडा भएको सुनाए । उनकी श्रीमतीले आफ्ना श्रीमान मुटु रोगी भएकाले केही समस्या भएको होला भन्ने ठानिन् । उनले पतिलाई हिँडहुल गर्न नसक्ने भएको देखे पछि भने उनको मनमा चिसो पस्यो । उनले आफ्नी पत्नीलाई सबै बेलीबिस्तार बताए । यसबारेमा जाँचबुझ भइरहेको छ ।

पछिल्ला दिनहरुमा क्वारेन्टिनका नियम र कोरोना निर्देशिका उलङ्घन गर्नेलाई फिलिपिन्समा कडा सजाय दिने गरिएको छ । ती मध्ये कतिलाई कुकुरको खोरमा र कतिपयलाई चौपट गर्मीमा दिउँसो बाहिर राख्ने गरिएको छ । अहिलेसम्म फिलिपिन्समा ८ लाख भन्दा धेरै संक्रमित र १३ हजार भन्दा धेरै मानिसहरुको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: