सिन्धुलीमा माधव नेपाल समूहको युवा संघ गठन « Nagarik Khabar

सिन्धुलीमा माधव नेपाल समूहको युवा संघ गठन



सिन्धुली । नेकपा एमाले माधव नेपाल समूहले समानान्तर कमिटी गठन क्रमलाई बढाएको छ ।

सिन्धुलीमा युवा संघसमेत गठन गरेको छ । शनिवार विष्णु बुर्जाको संयोजकत्वमा १३१ सदस्यीय कमिटी गठन गरेका छन् ।

स्थायी कमिटी सदस्य रघुजी पन्तको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला इञ्चार्ज कमलजंग राई, केन्द्रीय प्रतिनिधि गंगा नेपाल, केन्द्रीय सदस्य दिलु पन्त, कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्री, युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश रोक्का लगायतको उपस्थितिमा कमिटी गठन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: