सुरुभयो भक्तपुरमा मनाइने बिस्केट जात्रा (फोटोफिचर) « Nagarik Khabar

सुरुभयो भक्तपुरमा मनाइने बिस्केट जात्रा (फोटोफिचर)



भक्तपुर । भक्तपुरमा मनाइने बिस्केट जात्रा आजबाट सुरु भएको छ । यो जात्रा ८ रात ९ दिनसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा आजबाट सुरु भएको हो ।

यो जात्रा तौमढी (पाँचतले मन्दिर अगाडि) बाट भैरव र भद्रकालीको रथ तानेर शुरु भएको हो । यो जात्रा आगामी वैशाख ५ गते गःहिटी पुर्याएर सम्पन्न हुनेछ ।

बिस्केट जात्राको पहिलो दिन टौमढीमा भैरवनाथ र भद्रकालीको रथ तानि जात्रा सुरु हने परम्परा रहेको छ । यो रथमा करिब १० फिट अग्ला चारवटा काठेका पाङ्ग्रा छन् । रथको अगाडि भागमा छ वटा र पछाडि चार वटा डोरी समातेर दुबैतर्फ जात्रालुले रथलाई तान्ने परम्परा छ ।

तान्त्रिक विधिअनुसार काठैकाठले प्यागोडा शैलीमा बनाइएको भैरव र भद्रकालीको रथ ३५ फिट अग्लो एवं तीन तले छ । बिस्काः अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा यो जात्रा मनाइन्छ । जात्रामा भैरवको रथलाई टैमढीबाट भक्तपुरको माथिल्लो र तल्लो भेगका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजानका लागि तान्ने परम्परा छ ।


– तस्बिरहरुः के.डी. फोटो हाउस

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: