कोरोनाको कहरः अमेरिकामै अस्ताए यामबहादुर पुनका सपनाहरु « Nagarik Khabar

कोरोनाको कहरः अमेरिकामै अस्ताए यामबहादुर पुनका सपनाहरु



अमेरिका । डि.भी. भिजामा सन २०१५ मा अमेरिका आएका स्थाई घर तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वार्ड नं ४ का यामबहादुर पुन मगरको, मगर संस्कार अनुसार अन्त्येष्टी गरिएको छ । कोभिड-१९ कोरोना भाइरलले थलिएका पुन मगरको माउन्ट सेनाई अस्पताल, न्युयोर्कमा गत मार्च २५ – २०२१ को दिन उपचारको क्रममा निधन भएको थियो ।

मृतक पुन मगरको अमेरिका कोही परिवार नभएका कारण मगर संघ अमेरिकाको रोहवरमा अन्तिम दाहसंस्कार गरिएको हो । कोरोनाको कारणले मृतकको लास नेपाल पठाउन र नेपालबाट कोहि आफन्त अमेरिका आउने अवस्था नभए पछि मृतकको आमाले मगर संघ अमेरिकालाई अस्पतालबाट मृतकको शव बुझी विधिवत रुपमा अन्तिम दाहसंस्कार गरिदिनु भन्ने अनुरोध पत्र पठाएका थिए । मगर संघ अमेरिका केन्द्रीय अध्यक्ष कुल्दिप राना मगर र मगर संघ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष याम पुन मगरले मृतकको लाश बुझी दाहसंस्कारको जिम्मा लिएका थिए ।

आज अप्रील १४ – २०२१ को दिन एलमस्ट्रमा श्रद्धाञ्जली सभा राखिएको थियो । श्रद्धाञ्जली सभामा न्युयोर्क २५ डिस्ट्रीट उम्मेदवार एण्डि चैन (Andy chen) , आदिवासी जनजाती महासंघ अमेरिका अध्यक्ष लोक चेमजोङ , एनआरएन अमेरिका न्युयोर्क च्याप्टरका उम्मेदवार बिष्णु राना मगर लगायत विभिन्न संस्थाका प्रतिनिधि तथा कयौं मगर समुदायको उपस्थिति थियो । मृतकको लासलाई आजै अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: