दक्षिण कोरियामा पनि नेकपा एमालेको विवादको असर देखापर्यो « Nagarik Khabar

दक्षिण कोरियामा पनि नेकपा एमालेको विवादको असर देखापर्यो



दक्षिण कोरिया । केन्द्रमा देखिएको नेकपा एमाले भित्रको विवादको असर दक्षिण कोरिया पनि देखिएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियामा पनि समानान्तर कमिटी घोषणा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने गलत कदम र सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीको एकतालाई टुटाइदिएपछि सहज रुपमा नेकपा एमाले पुर्ववत अवस्थामा फर्किन सकिरहेको छैन । यहि क्रममा ओली पक्ष र नेपाल पक्षले आ-आफ्नै तवरमा समानान्तर कमिटी घोषणा गरिरहेका छन । सोही सिलसिलालाई निरन्तरता दिँदै प्रवासमा पनि प्रवास संगठनहरूको छुट्टा-छुट्टै कमिटी निर्माण गरेर आफ्नो गतिविधिहरु गर्दै आइरहेका छन ।

शनिबार प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको 18 सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन । केन्द्रीय समितिको अध्यक्षमा पार्टी एकताको अवस्थामा रहदा केन्द्रीय सदस्य हुँदै सचिव पदको जिम्मेवारी समलिसकेका शुभराज भोम्जनलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी उपाध्यक्षमा अर्जुन बहादुर जागरी,रमेस थापा मगर ,महासचिवमा राजकुमार राइ (राजु), सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत वाइबा, सुचना तथा प्रचार प्रसार विभाग प्रमुखमा अमिर योञ्जन, युवा बिभाग प्रमुखमा दशरथ कुँवर, अनुशासन विभाग प्रमुखमा जगदिश घराडी र केन्द्रीय सदस्यहरुमा झलक धामी, उमेश कुवर, टिकाराम भट्टराई, धनकुमार राइ, युवराज, उदिप थुलुङ, मदन कुमार गौतम, कृष्ण देउजा र सन्जिव खतिवडा चयन भएका छन । त्यसैगरी प्रमुख सल्लाहकारमा सन्तोष बराललाई चुनिएको छ ।

शनिबार भोम्जनको अध्यक्षतामा एमाले भित्रको माधव नेपाल निकट कमिटी घोषणा भएसंगै दक्षिण कोरियामा पनि दुईवटा संगठन भएको छ । कमिटी घोषणा गर्ने कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवास समन्वयकर्ता श्रीप्रसाद साहको प्रमुख आतिथ्यता रहनुका सथै पार्टी केन्द्रीय सदस्य, प्रदेश नम्बर एकको प्रदेससभा सदस्य तथा पुर्वी एसिया इन्चार्ज राजन राईको विशेष आतिथ्यता रहेको थियो ।

जुम भर्चुअल माध्यमबाट भएको घोषणा कार्यक्रमलाइ अतिथिद्वयले शुभकामना दिनुका साथै एमाले भित्र देखापरेको स्वैच्छाचारी प्रबित्तिलाइ हरेक तहबाट बिरोध गर्नुपर्ने र पार्टी एकताको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिनुभएको थियो । घोषणा भएको कमिटिको पदाधिकरी एबम सदस्यहरुलाइ कार्यक्रमको प्रमुख अतिथि श्रीप्रसाद साहले सपथ ग्रहण गराएका थिए ।

अध्यक्षको जिम्मेवारी प्राप्तगरे पश्चात शुभराज भोम्जनले पार्टीको हित बिपरित काम नगर्ने, बिधि र पद्धतिमा अडिग रहने र पार्टी एकताको निम्ति सकेको पहल गर्ने प्रतिबद्धता जनाएका थिए । भोम्जनले आफ्नो नेतृत्वमा घोषणा भएको कमिटि समानान्तर नभएर आधिकारिक भएको समेत बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: