सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन कांग्रेसको माग « Nagarik Khabar

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप दिन कांग्रेसको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना सङ्क्रमण महामारीबाट जनताको जीवनरक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

विश्व बजारमा उपलब्ध भइसकेको कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको जीवन सुरक्षा’ को व्यापक र द्रूत अभियान सञ्चालन गर्न बैठकले सरकारसँग माग गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सोमबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले यसका लागि आवश्यक बजेट तत्काल छुट्याउन, आयात गर्न, व्यवस्थित खोप संचालन गर्न र सम्पुर्ण ध्यान केन्द्रित गरेर राज्यले अभियान चलाउन जोडदार माग गर्ने निर्णय गरेको उनले बताए।

कोरोनाबाट जोगिन सतर्कताकासाथ स्वास्थ्य सुरक्षाका रणनीतिहरु अनिवार्य रुपले पालना गर्न आम जनतालाई समेत कांग्रेसले अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: