नासाले बनायो मङ्गल ग्रहमा अक्सिजन « Nagarik Khabar

नासाले बनायो मङ्गल ग्रहमा अक्सिजन



एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मङ्गल ग्रहमा अक्सिजन बनाएको छ । नासाले उक्त ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाएको जनाएको छ ।

मोक्सी नामको यन्त्रबाट एक जना मानिसलाई १० मिनेटसम्म श्वास फर्ने मिल्ने अक्सिजन यसै साता बनाउन सफल भएको नासाले जनाएको छ ।

मङ्गल ग्रहको हावामा ९६ प्रतिशत कार्बन डाइअक्साइड रहेको छ । भने त्यहाँ ०.१३ पतिशत मात्र अक्सिजन रहेको छ । यो पृथ्वीको हावामा भएको २१ प्रतिशत अक्सिजनभन्दा निकै कम हो ।

उक्त यन्त्रले मङ्गल ग्रहमा रहेको एक अणु कार्बन र दुई अणु अक्सिजन मिलेर बनेको कार्बन डाइअक्साइडबाट एक अणु अक्सिजन निकाल्न सफल भएको हो ।

नासाले यो प्रयोग भविष्यमा मंगल ग्रहमा हुनसक्ने मानवसहितको अन्तरिक्ष अभियानहरुमा अक्सिजनको साटो मोक्सीको ठूलो प्रयोगको लागि अनुसन्धान गरिरहेको छ ।

त्यस्तै यो प्रविधिलाई विकास गरेर अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी बनाउन सकिने आशा वैज्ञानिकहरुले गरेको बिबिसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: