राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रवासीसँग आग्रह « Nagarik Khabar

राजनीतिक स्थायित्व र समृद्धिका लागि प्रवासीसँग आग्रह



पोर्चुगल । नेकपा (एमाले) का केन्द्रीय सदस्य डा राजन भट्टराईले वर्तमान नेपाल सरकार जनअपेक्षित काममा अग्रसर रहेको बताएका छन् ।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलले आयोजना गरेको ७३औँ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस शुभकामना आदानप्रदान तथा नेपाली भित्तेपात्रो विमोचन कार्यक्रममा पार्टी विदेश विभाग प्रमुख डा भट्टराईले राजनीतिक स्थायित्व र समृद्धिको अभियानमा प्रवासी नेपाली सबैको साथ र सहयोग अपरिहार्य हुनेमा जोड दिए ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वर्षौँदेखि नेपालीका पूरा हुन नसकेका सपनालाई साकार हुने खालका मेलम्चीको पानी, धरहरा, रानीपोखरी, दरबार हाइस्कूल, बाटो, पुल निर्माण भएर नेपाल नयाँ युगमा प्रवेश गरेको बताए ।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलका अध्यक्ष मदन लिम्बूका अध्यक्षतामा भएको कार्यक्रममा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतम, प्रवास कमिटीका अध्यक्ष भक्त गुरुङ, मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापा, मञ्चका पूर्वाध्यक्ष गोविन्द पौडेल, स्थानीय गैरआवासीय नेपाली सङ्घका अध्यक्ष तिलक गैरे, नेपाली महिला समाजका अध्यक्ष निर्मला खराल, शेर्पा सोसाइटीका अध्यक्ष निल्मुह शेर्पा, गुल्मी समाजका अध्यक्ष युवराज पन्थी र जनप्रगतिशील मोर्चाका अध्यक्ष पूर्ण विश्वकर्माले एमाले एक ढिक्का हुनुपर्नेमा जोड दिँदै नेपालका राजनीतिक दल राष्ट्रिय सहमति गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: