प्रशान्त तामाङलाई मातृशोक « Nagarik Khabar

प्रशान्त तामाङलाई मातृशोक



काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङलाई मातृशोक परेको छ । आफ्नो आमाको निधन भएको प्रशान्त स्वयंमले सामाजिक सञ्जालबाट जानकारी गराएका छन् ।

उनको आमाको दार्जीलिङस्थित घरमै निधन भएको हो । तर कहिले निधन भएको हो भन्ने बारे प्रशान्तले खुलाएका छैनन् । उनको बुवाको भने धेरै वर्ष पहिले सवारी दुर्घटनामा निधन भएको थियो ।

प्रशान्त ‘ईण्डियन आइडल २००७’ का विजयी भएका थिए । चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा उनले डेब्यू गरेका थिए । त्यसपछि उनले दर्जन हाराहारी नेपाली चलचित्रमा काम गरिसकेका छन् ।

प्रशन्तले ‘परदेशी’ जस्तो हिट चलचित्र खेलेका छन् । त्यस्तै उनले अभिनय गरेको पछिल्लो चलचित्र ‘परदेशी २’ छायाँकन सकिएर प्रदर्शनको तयारीमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: