कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भवः डब्ल्यूटीओ प्रमुख « Nagarik Khabar

कसैप्रति लक्षित निर्णय गर्दा व्यापारमा पुनः संरचना असम्भवः डब्ल्यूटीओ प्रमुख



एजेन्सी । विश्व व्यापार संगठन (डब्ल्यूटीओ) का प्रमुखले विश्वका कुनै पनि मुलुकलाई लक्षित गरी हुने निर्णयले विश्व व्यापार क्षेत्रमा पुनः संरचना असम्भव हुने धारणा राखेका छन् । अन्य अन्तर्राष्ट्रिय शक्तिको चीन लक्षित निर्णयको सामना गर्नु नपरेको खण्डमा विश्वव्यापी व्यापार सुधारमा चीनबाट सहयोग हुने बढी सम्भावना रहेको उनले बताएका हुन् ।

चीनजस्तो शक्तिशाली राज्यको स्वामित्वमा रहेका उद्यमहरूकाबारेमा संयुक्त राज्य अमेरिका, युरोपियन संघ र जापानले चिन्ता व्यक्त गर्दै विश्व अर्थतन्त्र बिग्रेको अवस्थामा औद्योगिक छुटमा रोक लगाउन जोड गरिरहेका छन् । तर चीन यसको पक्षमा देखिन्न । उनीहरूको प्रस्ताव पवारित हुन चीनसहित डब्ल्यूटीओका १६४ सदस्यहरूको सर्वसम्मतिमा अनुमोदन चाहिन्छ । उनीहरूको तर्क छ कि चीनले अब विकासोन्मुख देशहरूका लागि दिइने सुविधाको फाइदा लिनु हुँदैन किनकि यो क्रमशः विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने दिशामा अघि बढिरहेको छ ।

गत सोमबार युरोपेली संघले आयोजना गरेको कन्फ्रेन्समा डब्ल्यूटीओका महानिर्देशक नोगोजी ओकोन्जो–इभिलाले भने, “मैले चीनसँग गरेको सम्झौता एकदमै रचनात्मक भएको छ र मलाई लाग्छ कि यदि हामीले त्यस्ता औद्योगिक अनुदानबाट आएको नकारात्मक ‘स्पिलओभर’को बारेमा तथ्यलाई टेबुलमा राख्यौं र त्यसलाई चीनसँग समन्वय ग-यौं भने उनीहरू त्यो हेर्न इच्छुक हुनेछन् ।”

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: