लकडाउनमा भाेलिदेखि यस्ता सवारीलाई मात्र पास, कतै अवराेध भए गर्नुहाेस् फाेन « Nagarik Khabar

लकडाउनमा भाेलिदेखि यस्ता सवारीलाई मात्र पास, कतै अवराेध भए गर्नुहाेस् फाेन



काठमाडाैं । बिहिवारबाट राजधानी काठमाडाैंमा शुरू भएकाे सप्ताहव्यापी लकडाउनले जनजीवन प्रभावित भएकाे छ । काठमाडाैं जिल्ला प्रशासनले लकडाउनमा कस्ता सेवा सञ्चालन गर्ने र कस्ता नगर्ने भन्ने सूचना बारम्बार निकालिरहेकाे छ । लकडाउन अवधिभर अत्यावश्यक सेवा तथा वस्तुका सवारी साधनहरूका लागि कुनै अनुमति लिनु नपर्ने जनाएकाे छ ।

त्यसैगरि बिरामी तथा कुरूवा, सरकारी कायार्लय तथा सार्वजनिक संस्थान, बैंक, वित्तिय संस्था, बीमालगायत राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तिय काराेबार गर्ने संस्थाका कर्मचारीहरू, एयरपाेर्टमा जाने आउने यात्रुहरूकाे हकमा सवारी पास आवश्यक नपर्ने काठमाडाैं जिल्ला प्रशासनले जनाएकाे छ ।

प्रशासनले यस्ता कार्यमा यात्रा गर्दा समस्या भए नेपाल प्रहरीकाे १०० र १०३ मा फाेन गर्न सकिने जनाएकाे छ । त्यसैगरि प्रशासनले अत्यावश्यक भन्दै सवारी पास माग गर्ने गरेकाे पाइएकाेले भाेलिबाट मृत्यु संस्कार र अत्यन्तै जरूरी कार्य बाहेक सवारी पास जारी नहुने पनि सूचना जारी गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: