महतोले भने- ‘सभामुख कस्तो मान्छे हो ? कन्फर्म त गर्नुपर्छ नि’ « Nagarik Khabar

महतोले भने- ‘सभामुख कस्तो मान्छे हो ? कन्फर्म त गर्नुपर्छ नि’



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले लुम्बिनीका नवनियुक्त मन्त्रीहरुलाई सांसद र पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय फर्जी भएको प्रतिक्रिया दिएका छन् ।

पार्टीको कुनै कमिटीले आधिकारिक निर्णय नगरी कारबाहीका लागि गरिएको सिफारिसलाई सभामुखले स्वीकृत गर्नु गलत रहेको उनको भनाई छ ।

बिहीबार दिउँसो लुम्बिनी प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको सुचना सार्वजनिक गरेको थियो ।

नेता महतोले सांसद पदमुक्त गर्ने निर्णय फर्जी भएको भन्दै स्वीकार नगर्ने समेत बताएका छन् । ‘यो फर्जी कसले गर्‍यो ? पार्टीको त बैठक नै बसेको छैन । दुनियाँलाई थाहा छ नि’, महतोले भने ।

प्रदेशसभा सचिवालयले प्रकाशित गरेको सूचनामा भने जसपा केन्द्रीय कार्यकारिणी समितिले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ को उपदफा ९५० बमोजिम प्रदेशसभा सदस्य र पार्टी सदस्यबाट निष्काशन गरेको सूचना जसपा लुम्बिनी प्रदेश संसदीय दलले दिएको उल्लेख गरिएको छ ।

महतोले लुम्बिनीका सभामुखले गलत काम गरेको बताए । ‘फर्जी काम भयो, सभामुख कस्तो मान्छे हो । कन्फर्म त गर्नुपर्छ नि’, महतोले भने ।

कम्युनिष्टहरुले आफ्नो पार्टी गोलमाल बनाएपछि जसपाभित्र पनि त्यही गर्न लागेको उनको भनाई छ ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: