एमाले महाधिवेशन : यस्तो छ वडादेखि केन्द्रसम्मको कार्यतालिका (अन्तरपार्टी निर्देशनसहित) « Nagarik Khabar

एमाले महाधिवेशन : यस्तो छ वडादेखि केन्द्रसम्मको कार्यतालिका (अन्तरपार्टी निर्देशनसहित)



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीको तहगत अधिवेशनको मिति तय गरेको छ ।

वैशाख ६, १० र १२ गते बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले गरेका निर्णयहरु एमालेले सार्वजनिक गरेको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णयहरु समेत गरी अन्तरपार्टी निर्देशन सार्वजनिक गरेका हुन् । जसअनुसार असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण सम्पन्न गरेसँगै स्थानीय र प्रदेश तहका अधिवेशन गर्ने भनिएको छ ।

भदौ ५ गते वडा अधिवेशनको मिति तोकिएको छ । भदौ १५ गते पालिका तहका कमिटीहरुको अधिवेशन र ३० गते जिल्ला अधिवेशन सम्पन्न गर्ने संगठनात्मक योजना तय गरिएको छ । असोज २३ गते प्रदेश अधिवेशन हुनेछ ।

मंसिर २–६ गतेसम्म दशौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय यसअघि नै एमालेले गरिसकेको छ ।

एमाले-महाधिवेशन-कार्यतालिका

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: