मजदुरको न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्‍याउँछौं : प्रधानमन्त्री ओली (भिडियाे) « Nagarik Khabar

मजदुरको न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्‍याउँछौं : प्रधानमन्त्री ओली (भिडियाे)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनबाट श्रमिकको न्यूनतम पारिश्रमिक १५ सय बढ्ने घोषणा गरेका छन् ।

मे दिवसकोअवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले मासिक १३ हजार ४५० रुपैयाँ न्यूनतम पारिश्रमिक साउनदेखि १५ हजार हुने बताएका हुन् । दैनिक पारिश्रमिक ५१७ बाट ५७७ रूपैयाँ र प्रतिघन्टा ६९ बाट ७७ रूपैयाँ पुर्‍याइने उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा समावेश गरिने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: