नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा (हाइलाइट्ससहित) « Nagarik Khabar

नेपाल सुपर लिग : चितवनलाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा (हाइलाइट्ससहित)



काठमाडौं । धनगढी एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा एफसी चितवनलाई ३–० गोल अन्तरले पराजित गर्दै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन निशान लिम्बू, ओलावाले आफिज र बुद्ध बल तामाङले एक–एक गोल गरे । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६४औँ मिनेटमा निशानको गोलबाट धनगढीले अग्रता बनायो । खेलको ६९औँ मिनेटमा ओलावालेले गोल गर्दै धनगढीको अग्रता बनाए । त्यसपछि खेलको ८०औँ मिनेटमा बुद्ध बलले गोल गर्दै धनगढीलाई ३–० को सहज जित दिलाए ।

जितसँगै ४ खेलमा ७ अंक जोडेको धनगढी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । धनगढीको यो दोस्रो जित हो । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो । दोस्रो खेलमा चितवनले बुटवलसँग २–२ को बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: