हेटौंडामा कोरोनाबाट थप एक महिलाको मृत्यु « Nagarik Khabar

हेटौंडामा कोरोनाबाट थप एक महिलाको मृत्यु



मकवानपुर । कोभिड–१९ सङ्क्रमणका कारण हेटौंडाकी एक महिलाको मृत्यु भएको छ ।

कोरोनाबाट हेटौंडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौंडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा प्रवीण श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो ।

मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा श्रेष्ठले बताए ।

योसँगै कोरोनाका कारण हेटौंडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । आइतबार राति हेटौंडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: