कांग्रेस प्रवक्ताबाट शर्माले लिए २ साताका लागि बिदा « Nagarik Khabar

कांग्रेस प्रवक्ताबाट शर्माले लिए २ साताका लागि बिदा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २ साताका लागि पार्टीको जिम्मेवारीबाट अलग रहेको बताएका छन् ।

कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका प्रवक्ता शर्माले स्वास्थ भएर छिट्टै नै पूर्ण जाँगरसहित फर्कने बताएका हुन् ।

प्रवक्ता शर्माले अस्वस्थका कारण प्रवक्ताको सक्रिय जिम्मेवारीबाट टाढा रहनुपरेकोमा क्षमा याचना गर्दै स्वास्थ्यलाभको कामना गर्ने शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।

“अस्वस्थताका कारण दुई साताका लागि प्रवक्ताको सक्रिय जिम्मेवारीबाट बिदा लिएको छु ! मिडिया, पार्टी र शुभचिन्तकहरुसँग क्षमा चाहन्छु, प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन्, “चाँडैनै पूर्ण स्वस्थ भएर पूर्ण जाँगरसाथ मैदानमा फर्किनेछु । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सबै मित्रप्रति हृदयले आभारी छु । धन्यवाद !”

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: