१४ महिने बालकसहित १११ वर्षीय वृद्धले जिते कोरोना « Nagarik Khabar

१४ महिने बालकसहित १११ वर्षीय वृद्धले जिते कोरोना



काठमाडौं । कोरोना संक्रमणको हटस्पट बनेको लुम्बिनी प्रदेशको बाँकेमा संक्रमणमुक्त भएर घर फर्किनेको संख्या पनि बढ्न थालेको छ ।

पछिल्लो एक सातामा विभिन्न कोभिड आइसोलेसन र होम आइसोलेसनमा रहेका एक हजार ३३५ जनाले कोरोना जितेर घर फर्किएको बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए ।

वलीकाा अनुसार अहिले संक्रमणमुक्त हुनेहरु धेरै होम आइसोलेसनमा बसेका छन् । १४ महिने बालकसहित १११ वर्षीय वृद्धले समेत कोरोना जित्न सफल भएको वलीले जानकारी दिए ।

बाँकेमा वैशाख १२ गते १२, १३ गते १२५, १४ गते १०६, १५ गते ८८, १६ गते २४४, १७ गते २०५, १८ गते २५०, १९ गते ३०५ संक्रमित कोरोना जितेर घर फर्किएका छन ।

पहिलो चरणको कोरोना महामारीभन्दा यो पटकको महामारीमा गम्भीर प्रकृतिका बिरामी बढी देखिनु र मृत्युदर बढी हुँदा त्रास बढेको र अस्पतालमा थेग्नै नसक्ने गरी गम्भीर बढेको भेरी अस्पतालका मेसु डा. प्रकाश थापाको भनाई छ ।

८ वटा स्थानीय सरकार रहेको बाँकेमा कोरोनाबाट सबैभन्दा प्रभावित नेपालगन्ज उपमहानगरपालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: