कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको मृत्यु « Nagarik Khabar

कोरोना संक्रमणबाट न्याय परिषद् सदस्य निरालाको मृत्यु



काठमाडौं । न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मी बहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो ।

कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

जनकपुरमा जन्म भई काठमाडौंको गौरीघाट निवासी खड्काको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उनी २०७६ पुसमा न्याय परिषद् सदस्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: