कोरोनाको चपेटामा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण « Nagarik Khabar

कोरोनाको चपेटामा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण



बलिउड – कोरोनाको चपेटमा भारतका जनता यतिबेला निकै सास्ती खेपिरहेका छन् । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् ।

यसबीच बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै केहि समय अगाडी माल्दिभ्स पुगे । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना समेत भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरेका थिए ।

यस्तै नायिका जाह्नवी कपुर पनि माल्दिभ्स पुगेकी थिइन् । त्यसलगत्तै उनका केही बोल्ड फोटोहरु पनि सार्वजनिक भए । जाह्नवीले सामाजिक संजालमा एक म्यागेजिनको कभर फोटो सार्वजनिक गर्दै आफ्नो बोल्ड फोटोसुटको बारेमा स्पष्टीकरण दिएकी छन् ।

जाह्नवले उक्त सार्वजनिक फोटोसुट आफूले लकडाउन अगाडि नै गराएको जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्–‘पहिलेबाट नै पक्का गरिएको यो फोटोसुट लकडाउन अगाडिको हो । हामीले फोटोसुटका क्रममा सबै किसिमका सावधानी अपनाएका थियौं । आशा गर्दछु कि, तपाइँहरु सबै सुरक्षित रहनुभएको छ । बलियोसँग यो भाइरसको सामना गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: