१४औँ संस्करणको आइपिएल स्थगित « Nagarik Khabar

१४औँ संस्करणको आइपिएल स्थगित



एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) स्थगित गर्ने निर्णय गरेको छ ।

बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले १४औँ संस्करणको प्रतियोगिता स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् । उनका अनुसार आजको खेल पनि हुनेछैन । बाँकी निर्णय अर्को हप्ता हुने उपाध्यक्ष शुक्लाले बताए ।

कोरोना महामारीका कारण २०२१ को आइपिएल अनिश्चितकालका लागि स्थगित गरिएको हो । मंगलबारको आपतकालीन बैठकमा आइपिएल गभर्निङ्ग काउन्सिल र बिसिसिआईबीच प्रतियोगिता स्थगन गर्ने सहमति भएको हो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या ३ लाखभन्दा बढी भेटिएका छन् । कोलकाता नाइट राइडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना संक्रमण पुष्टि भएपछि सोमबारको खेल रद्ध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: