उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने सरकारको निर्णय « Nagarik Khabar

उपत्यकाको निषेधाज्ञा थप एक साता लम्ब्याउने सरकारको निर्णय



काठमाडौं । काठमाडौं उपत्यकामा २९ गतेसमम निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यो अवधिमा निषेधाज्ञा थप कडा हुने भएको छ । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

त्यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय भएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खोल्न पाउने र त्यहाँ २० प्रतिशत कर्मचारीले मात्रै काम चलाउनुपर्ने निर्णय भएको छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: