आक्सिजन भारततर्फ लैजान खोज्ने तीन नेपाली पक्राउ « Nagarik Khabar

आक्सिजन भारततर्फ लैजान खोज्ने तीन नेपाली पक्राउ



धनुषा । नेपालबाट भारततर्फ अक्सिजन तस्करी गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का ३६ वर्षीय जमरुदिन राईन, वडा नं. २ का ५० वर्षीय दिनेश कुमार शर्मा र महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ६ का विपिन चौधरी रहेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।

प्रहरीको गस्ती टोलीले आइतबार राति करिब पौने ११ बजे महोत्तरीको जलेश्वर नगरपालिका ३ स्थित नेपालबाट भारततर्फ लैजानका लागि राखेको ३ थान भरिएको अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको थियो।

त्यस्तै सोमबार जलेश्वर नगरपालिका वडा नं. १२ थरुवाहीस्थित लुकाईछिपाई नेपालबाट भारततर्फ स्कारपियो जीपमा ७, ७ केजीका २ थान भरिएको अक्सिजन सिलिण्डर बरामद गरिएको प्रवक्ता विष्टले बताए।

उनले पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: