अमेरिका जान नपाएर कयाैं भारतीय अमेरिकी परिवारसँग छुट्टिए « Nagarik Khabar

अमेरिका जान नपाएर कयाैं भारतीय अमेरिकी परिवारसँग छुट्टिए



एजेन्सी । भारतीय अमेरिकी कैयौँ नागरिक अहिले छुटिन वाध्य भएका छन् । भारतबाट अमेरिका आउन अमेरिकी सरकारले रोक लगाएकाले भारतीय अमेरिकी कैयौँ नागरिक छुट्टाछुट्टै बस्न बाध्य भएका हुन् । भारतमा कोरोनाभाइरसको महामारी नराम्रोसँग फैलिएकाले अमेरिकालगायत धेरै देशले भारतबाट आफ्नो देशमा आउन प्रतिवन्ध लगाएको छ ।

यात्रा प्रतिवन्धका कारण भारत र अमेरिकामा रहेका भारतीय अमेरिकी नागरिक छुटिएर बस्न बाध्य भएका हुन् । विभिन्न कारणले यताउता गरी बसेको ती नागरिक अहिले एकैठाउँमा बस्न नपाएको देखेसो व्यक्त गरेका छन् । विषेश गरेर कमाउनका लागि घरपरिवार छोडेर बाहिर गएका नागरिक अहिले आफ्ना परिवारसँंगै बस्न नपाएका हुन् ।

भारतबाट अमेरिका आउन नपाइने आदेश राष्ट्रपति जो वाइडेनले गत अप्रिल ३० मा जारी गरेका थियो भने सो आदेश यही मे ४ देखि लागु भएको छ । यो प्रतिवन्धात्मक व्यवस्था कहिलेसम्म लागू हुन्छ भन्ने एकिन भएको छैन ।

अनिश्चितकालका लागि लागू भएकाले पनि छुट्टिएकामा थप पीडा र अन्यौलता देखिएको पाइएको छ । अचानक अनिश्चितकालका लागि छुट्टिएर बस्नु परेकामध्ये कतिपयलाई अत्यावश्यक सामग्रीसमेतको समस्या हुनसक्ने चिन्ता धेरैमा देखिएको अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: