कोरोना महामारीका बेला रिलिफ नेपालद्वारा सिन्धुलीमा ६४ थान अक्सिजन सिलिण्डर सहयोग « Nagarik Khabar

कोरोना महामारीका बेला रिलिफ नेपालद्वारा सिन्धुलीमा ६४ थान अक्सिजन सिलिण्डर सहयोग



सिन्धुली । सिन्धुलीको जिल्ला अस्पतालसहित सातै स्थानीय तहलाई रिलिफ नेपालले अक्सिजन सिलिण्डर उपलव्ध गराएको छ ।

टीडीएच जर्मनबाट ४५ र वल्र्डभिजन इन्टरनेशनल नेपालबाट १९ गरी ६४ थान अक्सिजन सिलिण्डर प्राप्त गरी रिलिफ नेपालले सहयोग हस्तान्तरण गरेको हो ।

हरिहरपुरगढी गाउँपालिकालाई ५ थान, मरिण गाउँपालिकालाई ६ थान, घ्याङलेक गाउँपालिकालाई ५ थान, तीनपाटन गाउँपालिकालाई ८ थान, फिक्कल गाउँपालिकालाई ५ थान, गोलञ्जोर गाउँपालिकालाई ५ थान, दुधौली नगरपालिकालाई ६ थान र सिन्धुली अस्पताल (कमलामाई नगरपालिका) लाई ५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको छ ।

यसअघि नै सिन्धुली जिल्ला अस्पताललाई १५ थान र दुधौली नगरपालिकालाई ४ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरिसकेका छन् ।

डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सो अक्सिजन वितरणको निर्णय गरेको हो ।

अक्सिजन सिलिण्डर रिलिफ नेपालका अध्यक्ष दुर्गाराज पौडेलले सम्वन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा विभिन्न दलका नेता तथा जनप्रतिनितिहरुको उपस्थिति थियो ।

कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला अक्सिजनको हाहाकार मच्चिएको छ । यस्तो बेलामा रिलिफ नेपालले ६४ थान अक्सिजन सिलिण्डर उपलव्ध गराउनुले जिल्लामा ठूलो राहत पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: