महन्थ ठाकुर पुगे देउवा निवास « Nagarik Khabar

महन्थ ठाकुर पुगे देउवा निवास



काठमाडौं । नयाँ सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का अयक्ष महन्थ ठाकुरबीच वार्ता भएको छ ।

सभापति देउवा भेट्न बुढानिलकण्ठस्थित निवास पुगेका अध्यक्ष ठाकुरबीच वार्ता भइरहेको स्रोतले बताएको छ ।

आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेकाा छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि सहभागी छन् ।

तटस्थ रहँदै आएको जसपा महन्थ ठाकुर समूह निर्णायक मत हो । यसअघिदेखि नै केपी शर्मा ओली नेतृत्वको विकल्पमा नजाने भन्दै संसदमा पनि तटस्थ रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: