महन्थजी अनिश्चयको बाटोमा हिँड्नु भयो : उपेन्द्र यादव « Nagarik Khabar

महन्थजी अनिश्चयको बाटोमा हिँड्नु भयो : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले बाटो बिराएको बताएका छन् ।

संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले ठाकुर अनिश्चयको बाटो हिँडेको बताए । जसपाभित्र दुई पक्षको बाटो फरक परेको नभई ठाकुर पक्षले बाटो बिराएको उनको भनाई छ ।

‘उहाँ र हामीबीच बाटो फरक परेको होइन । उहाँहरू अनिश्चयको बाटोमा हिँड्नुभएको हो । त्यो बाटोबाट मुलुकलाई कहाँ पुर्‍याउने हो उहाँहरूलाई नै थाहा छैन’, यादवले भने ।

वैकल्पिक सरकार गठन हुँदा नसक्नु दुर्भाग्यपूर्ण रहेको भन्दै यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको उद्देश्य जसरी पनि संसद भङ्ग गर्नु रहेको उनले बताए ।

‘उहाँको छाँटकाँट र बोलीवचन हेर्दा जसरी पनि संसद भङ्ग गरेर लोकतन्त्र र संविधानलाई क्षति पुर्‍याउनेतर्फ अग्रसर भएको देखिन्छ’, यादवले भने ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: