शिल्पा र राजको ‘कोरोना प्रेम’ « Nagarik Khabar

शिल्पा र राजको ‘कोरोना प्रेम’



एजेन्सी । भारतीय अभिनेत्री शिल्पा शेट्टीले केही दिन पहिले आफू बाहेक परिवारका सबैमा कोरोना पोजिटिभ भएको बताएकी थिइन् । उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै यसबारे जानकारी दिइन् । उनले उक्त पोस्टमार्फत पति राज कुन्द्रा, छोराछोरी र उनीहरुकी आमा सबै कोरोनाको चपेटामा आएको बताएकी छन् ।

संक्रमित भएपछि होम क्वारेन्टिनमा उनीहरुको सम्पूर्ण परिवार रहेको छ । नौ दिन अघिको उनको उक्त पोस्ट पछि शिल्पाले हालै पति राज कुन्द्रासँगको एक फोटो सेयर गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी दिएकी छन् ।

शिल्पा र राज शिशा भित्र र बाहिर एकअर्कालाई हेर्दै गरेको तस्विर सार्वजनिक भएको छ । एकातिर शिल्पा डबल मास्कमा लगाएकी देखिएकी छन् भने अर्कातर्फ राज बिना मास्क उभिएका छन् । उक्त तस्विरमा उनले ‘कोरोनाका समयको प्रेम !’ लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: