भाँडियो महन्थ-उपेन्द्रको सहमतिः संसद सचिवालयमा दलको नेता महतो भएको पत्र « Nagarik Khabar

भाँडियो महन्थ-उपेन्द्रको सहमतिः संसद सचिवालयमा दलको नेता महतो भएको पत्र



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति भाँडिएको छ ।

राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने दुई नेताबीच सहमति भएको थियो । तर महतोको संसदीय दलको नेता पद खारेज गर्ने सहमति भएपनि ठाकुरले संघीय संसद सचिवालयलाई पत्राचार गरेपछि सहमति भाँडिएको हो ।

उनले संघीय संसद सचिवालयलाई पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी गराएका हुन् ।

यसअघि यादवले आफू र अध्यक्ष ठाकुरबीच भएको सहमति अनुसार महतोलाई दिइएको संसदीय दलको नेताको पद खारेज भएको जनाएका थिए । तर अध्यक्ष ठाकुरले संसदीय दलको नेतामा महतोलाई निर्वाचित गरेको जानकारी आजै सचिवालयलाई जानकारी गराएका हुन् ।

उनले वैशाख ३० गते बसेको जसपाको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार नेतामा महतोलाई निर्वाचित गरेको उल्लेख गरेका छन् ।

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: