ठाकुरले महतो चयन भएको पत्र पठाए लगत्तै उपेन्द्रले पनि दिए काउन्टरपत्र « Nagarik Khabar

ठाकुरले महतो चयन भएको पत्र पठाए लगत्तै उपेन्द्रले पनि दिए काउन्टरपत्र



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीचको सहमति भाँडिएको छ । जसपाका अध्यक्षद्धयले आज संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेका थिए ।

तर राजेन्द्र महतोको संसदीय दलको नेताको पद खारेज गर्ने दुई नेताबीच सहमति भएको भएपनि ठाकुरले भने लगत्तै संघीय संसद सचिवालयलाई पार्टी संसदीय दलको नेतामा महतो चयन भएको जानकारी गराएपछि सहमति भाँडिएको हो ।

ठाकुरले महतो चयन भएको पत्र पठाए लगत्तै उपेन्द्रले पनि काउन्टरपत्र पठाएका छन् । हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको उपेन्द्रले पत्र पठाएका हुन् ।

यादवले कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत सचिवालयलाई जानकारी गराएका छन् ।

यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन पनि पत्रमा उल्लेख छ ।

पढ्नुस् पत्र

यो पनि पढ्नुस्

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: