प्रतिनिधिसभा विघटनबारे दलका नेता र विज्ञसंगको परामर्शमा सभामुख सापकोटा « Nagarik Khabar

प्रतिनिधिसभा विघटनबारे दलका नेता र विज्ञसंगको परामर्शमा सभामुख सापकोटा



काठमाडौं । प्रतिनिधिसभा विघटनपछि यसै विषयमा सभामुख अग्निप्रसाद सापकोटा राजनीतिक नेतृत्व तथा विज्ञहरुसंगको छलफलमा जुटेका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको विषयमा प्रतिनिधिसभाका सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

आज बिहानैदेखि सभामुख राजनीतिक दलका नेतृत्वसँग र संविधान तथा कानुनका विज्ञहरुसंग छलफलमा ब्यस्त रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

‘प्रतिनिधिसभा विघटनको विषयमा सभामुखज्यू बिहानैदेखि सघन परामर्शमा हुनुहुन्छ । उहाँले मुख्यगरी राजनीतिक दलका शीर्ष नेता र संविधानविद्हरू र कानून व्यवसायीहरुसँग छलफल गरिरहनुभएको छ,’ प्रेस सल्लाहकार न्यौपानेले भने ।

राजनीतिक दलका नेता र संविधानविद्हरूसँग छलफल गरेपछि सभामुख सापकोटाले आजै प्रतिनिधिसभा विघटनाबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: