कोभिड अस्पताल सिन्धुलीलाई अग्नि ग्रुपले दियो जेनेरेटर « Nagarik Khabar

कोभिड अस्पताल सिन्धुलीलाई अग्नि ग्रुपले दियो जेनेरेटर



काठमाडौं । अग्नी ग्रुपद्वारा सिन्धुली अस्पातलको कोरोना युनिटलाई जेनेरटर हस्तान्तरण गरेको छ ।

महिन्द्राका युटिलिटी भेइकल्स, ट्रयाक्टर तथा महिन्द्रा पाओरल डिजेल जेनेरटरहरुका आधिकारिक विक्रेता अग्नि ग्रुपले हालै मात्र सिन्धुली शिवनगर स्थित सिन्धुली अस्पातलको कोरोना युनिटलाई एक थान १०० केभिए जेनेरटर हस्तान्तरण गरेको छ।

नयाँ भेरीयन्टको कोरोना देखिएलगतै अस्पातलहरुमा बिरामीको चाप बढेको त्यसमाथि बारम्बार बत्ती जाने आउने समस्याले सिन्धुलीको अस्पातलमा समस्या देखिएपछी अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठद्वारा जेनेरटर हस्तान्तरण गरिएको हो ।

अग्नी ग्रुप अन्तर्गतको सिन्धुली स्थित अग्नी इन्कोर्पोरेटेड प्रा. लि.का थ्री एस् सेटअप बिक्री शाखाका सेल्स इन्चार्ज श्री उद्वप राउतका अनुसार जब दैनिक रुपमा अस्पातलमा बत्ति जाने सम्स्या रहेको कुरा प्रदेश सांसद प्रदिप कटुवाल र अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिएपछि जेनेरेटर हस्तान्तरण गरेको हो ।

राउतले भने, ‘हामीले दैनिक रुपमा बिरामी र अस्पातलले भोग्नु परेको समस्यालाई ब्यवस्थापन गर्न सकियोस भन्ने हेतुका साथ जेनेरटर हस्तान्तरण् गरेका हौं।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: