ब्रिटिस आर्मी र सिंगापुर प्रहरीका लागि नयाँ मापदण्ड लागु, के–के भयो परिवर्तन ? « Nagarik Khabar

ब्रिटिस आर्मी र सिंगापुर प्रहरीका लागि नयाँ मापदण्ड लागु, के–के भयो परिवर्तन ?



काठमाडौं । सन् २०२२ इन्टेकका लागि ब्रिटिस आर्मी र सिंगापुर प्रहरीमा भर्ना खुलेको छ । सन् २०२२ का लागि बेलायत सरकारले ब्रिटिस र सिंगापुर प्रहरीका लागि आवेदन खुला गरेका हो ।

कोरोना भाइरसका कारण सम्भावित रेक्रुटहरु तथा ब्रिटिस गोर्खाज नेपालका कर्मचारीहरुको सुरक्षाका लागि रेक्रुट इन्टेक २२ को छनोट प्रक्रियामा केही परिवर्तन ल्याउन बाध्य भएको ब्रिटिस गोर्खाज नेपालले जनाएको छ ।

यसपटक ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा भर्ना हुन १९ वर्ष पुगेका र २१ वर्ष ननाघेका नेपाली युवाले आवेदन दिन पाउनेछन् । यसअघि साढे १७ वर्षदेखि २१ वर्षसम्मका युवाले आवेदन दिन पाउने व्यवस्था रहेको थियो ।

दर्ता प्रक्रियामा ब्रिटिस आर्मी र सिंगापुर पुलिस दुवैका लागि अनलाइन आवेदन दिन सकिने जनाइएको छ ।

यी हुन् परिवर्तन भएका मापदण्ड

१. उमेरको हक : (दुवै, ब्रिटिस सेना तथा सिंगापुर पुलिसका लागि)

०१ जनवरी २०२२ मा  न्यूनतम १९ र अधिक्तम २१ बर्ष को हुनु पर्ने 

ई सं 01/01/2001 देखी 01/01/2003 (बि सं १७/०९/२०५७ देखी १७/०९/२०५९) भित्र जन्मेको हुनुपर्ने

  २. शैक्षिक योग्यता: (दुवै, ब्रिटिस सेना तथा सिंगापुर पुलिसका लागि)

२०१६ साल सम्ममा नेपालमा एसएलसी दिएको भए न्यूनतम तेस्रो श्रेणीमा उतिर्ण भएको हुनुपर्ने ।

२०१६ सालपछि नेपालमा एसइई दिएको भए न्यूनतम ५ x C ग्रेड  हुनुपर्ने । गणित र अंग्रेजीमा कम्तिमा  C ग्रेड अनिवार्य हुनुपर्ने ।

GCSC, O LEVEL वा अन्य एसएलसी तथा एसइई सरहको प्रमाणपत्रहरु छन् भने न्यूनतम ५ विषयहरुमा C ग्रेड अनिवार्य हुनु पर्ने । अंग्रेजी र गणितमा कम्तिमा C ग्रेड हुनुपर्ने । 

एसएलसी तथा एसइई कम्पार्ट पास (प्राइभेट एसएलसी र खुला शिक्षा) लाई स्वीकार गरिने छ । CTEVT (प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद) को प्रामाण पत्र स्वीकार्य हुने छैन। 

३.   यदि सम्भावित रेक्रुटहरु परिवर्तन गरिएको गोर्खा रेक्रुटमेन्टको मापदण्डभित्र नपरेमा वा दिएको समयभित्र दर्ता नगरेमा,   दर्ता स्वीकार गरिनेछैन ।

४.  गोर्खा भर्ती छनाेट प्रकृया निशुल्क छ, भर्ती हुनका लागि कसैलाई पैसा दिनु पर्दैन । यदि कसैले भर्ती बनाइदिन्छु भनेर पैसा मागेमा, प्रमाणसहित BGN तथा स्थानीय प्रहरीलाई तुरुन्त खबर गर्नुहोला ।

५.  संधै मास्क लगाउनु होस्, बेला बेलामा हात धुनुहोस र २ मीटर को सामाजिक दुरी कायम राख्नुहोस । 

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: