प्रधानमन्त्री ओली भेट्न ठाकुर पुगे बालुवाटार « Nagarik Khabar

प्रधानमन्त्री ओली भेट्न ठाकुर पुगे बालुवाटार



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

जसपालाई आजै सरकारमा सहभागी गराउने तयारी भइरहेको बेला ठाकुर छलफलका लागि बालुवाटार गएका हुन् ।

यसअघि, बिहीबार राति अबेरसम्म प्रधानमन्त्रीसँग ठाकुरले सत्ता सहभातिगाको बारेमा फलफल गरेका थिए । जसपाबाट संसदीय दलका नेता राजेन्द्र महतोसहित ८ मन्त्रालय र २ राज्यमन्त्री बन्ने तय भएपनि मन्त्रालयको टुंगो लाग्न बाँकी छ ।

प्रधानमन्त्री ओलीले एमालेका नेताहरुसँग पनि छलफल गरिरेका छन् । पूर्व माओवादी समूहबाट पनि मन्त्रिपरिषदमा कसलाई सहभागी गराउने भन्नेबारे छलफल चलिरहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: