यी हुन् जसपाबाट बन्ने मन्त्रीहरु, कसलाई कुन मन्त्रालय ? (सूचीसहित) « Nagarik Khabar

यी हुन् जसपाबाट बन्ने मन्त्रीहरु, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर वार्ता पछि जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष अन्ततः सरकारमा सहभागी हुने भएको छ । शुक्रबार बालुवाटारमा ओलीसँग निर्णायक वार्ता गरेसँगै जसपाको ठाकुर पक्ष सरकारमा जान तयार भएको हो ।

जसपाले आफ्नो तर्फबाट मन्त्रीको नाम पनि टुंग्याएको छ । जसअनुसार जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनेछन् ।

यस्तै, शरतसिंह भण्डारी ऊर्जा, जलश्रोत तथा सिंचाइ, अनिल झा खानेपानी, लक्षमणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण, विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् ।

उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकुदमन्त्री बन्ने जसपा अध्यक्ष ठाकुरले बताए ।

यसैगरी, चन्द्रकान्त चौधरी ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङ महिला बालकालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बन्नेछन् । उनीहरुले साँझ ६ बजे शपथ लिने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: