उनान्सय वर्षीय बृद्धले कोरोना जिते « Nagarik Khabar

उनान्सय वर्षीय बृद्धले कोरोना जिते



धादिङ । धादिङका एक ९९ वर्षीय बृद्धले कोरोना जितेका छन् ।

धादिङको नेत्रावती डब्जङ गाउँपालिका वडा नम्बर ३ टिकाढुङ गाउँका निवासी ९९ वर्षीय रामसिंह तामाङले कोरोना जितेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएको १२औं दिनमा कोरोना जितेर शुक्रबार तामाङ त्रिशूली अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

तामाङसंगै उनकी नातिनी लिला पाख्रीनमा समेत कोरोना संक्रमण देखिएको थियो ।

तिनै संक्रमित नातिनीले बृद्ध तामाङको हेरचाह गर्दै आएकी थिईन् ।

दोस्रो विश्वयुद्धमा बहादुरीकासाथ युद्ध लडेका तामाङले दरिलो आत्मविश्वासकै कारण कोरोना जित्न सफल भएको स्थानीय वडाध्यक्ष बिजय पाख्रीनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: