विश्वकप छनोटका लागि नेपाल र जोर्डनबीच खेल जारी, जोर्डन १ गोलले अगाडि « Nagarik Khabar

विश्वकप छनोटका लागि नेपाल र जोर्डनबीच खेल जारी, जोर्डन १ गोलले अगाडि



काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेल अहिले कुवेतमा जारी रहेको छ ।

समाचार तयार पार्दासम्म दुबै तर्फको खेलमा ० का विरुद्ध १ गोलले जोर्डन अगाडि रहेको छ । डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा जोर्डनको टीम नेपाली खेलाडीमाथि हावी देखिन्छ ।

नेपाल छनोट खेल अन्तर्गत समूह ‘बी’ मा सातौं खेल्दै छ । जोर्डनको टीमलाई आजको खेल जित्नै पर्ने छ भने नेपाली टीमले पनि उसलाई सजिलै अगाडि बढ्न दिइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: