जोर्डनको तेस्रो गोल, नेपाल ३–० ले पछाडि « Nagarik Khabar

जोर्डनको तेस्रो गोल, नेपाल ३–० ले पछाडि



काठमाडौं । विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको फुटबल खेलमा जोर्डनको नेपाललाई तेस्रो गोल लगाएकाे छ । पहिलाे गाेलका लागि डि–बक्समा बल क्लियर गर्ने क्रममा सुनिल तामाङले फउल गरेपछि जोर्डनले पेनाल्टीको अवसर पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै बाहाले गोल गरेका हुन् । उक्त फउलका लागि सुनिलले पहेँलो कार्ड पाएका छन् । दाेस्राे हाफ पछि पनि जाेर्डनले १ गाेल लगाएकाे छ। जोर्डनका लागि दुबै गोल बाहा फैजलले गरेका हुन् । मध्यान्तर अघि १–० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।

तेस्रो गोल यजान अल अरबले तेस्रो गोल गरे । यजानको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । फैजलले भने खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । कुबेतकाे तापक्रम ३९ डिग्री सेन्टिग्रेट रहेकाे छ । याे तापक्रम नेपाली खेलाडीका लागि प्रतिकूल अवस्था हाे ।

कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ९:४५ बजेबाट सुरु भएको खेलमा जोर्डनको टीम नेपाली खेलाडीमाथि हावी देखिन्छ ।

नेपाल छनोट खेल अन्तर्गत समूह ‘बी’ मा सातौं खेल्दै छ । जोर्डनको टीमलाई आजको खेल जित्नै पर्ने छ भने नेपाली टीमले पनि उसलाई सजिलै अगाडि बढ्न दिइरहेको छैन । नेपाली टीम रक्षात्मक रहेकाे देखिन्छ भने जाेर्डनकाे टीम अलि आक्रमक देखिएकाे छ ।

छनोटको समूह बी मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ । नेपालले जोर्डनविरुद्ध हालसम्म तीन पटक खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: