गोलाञ्जोरमा बिजुली बत्ती ‘झ्याप्प–झ्याप्प’, गाउँपालिका अध्यक्षले दिए तालावन्दी गर्ने चेतावनी « Nagarik Khabar

गोलाञ्जोरमा बिजुली बत्ती ‘झ्याप्प–झ्याप्प’, गाउँपालिका अध्यक्षले दिए तालावन्दी गर्ने चेतावनी



सिन्धुली । गोलञ्जोर गाउँपालिकाका सहज विद्युत आपूर्ति नहुँदा स्थानीयबासी हैरान परेका छन् । जुनसुकै बेला बत्ती आउने जाने हुँदा स्थानीय बासिन्दा आक्रोसित बनेका छन् ।

पछिल्लो समय खुर्कोट बजार क्षेत्रमै चार दिनदेखि बत्ती आएका छैनन् । गोलाञ्जोर गाउँपालिकाका अध्यक्ष पुष्पबहादुर कार्कीले खुर्कोट बजारमा नै ४ दिनदेखि बत्ती नआएको जनाएका छन् ।

स्थानीय युवा उद्यमी विवस थापाले बारम्बार विजुली जाँदा उद्योग–व्यवसाय चौपट हुने स्थिति आएको बताएका छन् ।

विजुली आपूर्ति समस्याबारे बुधबार त गाउँपालिका अध्यक्ष कार्कीले फेसबुक स्टाटस नै लेखे । उनले आजित भएर फेसबुकमा लेख्नुपरेको बताएका छन् ।

विद्युत प्राधिकरण खुर्कोटका कर्मचारीहरु पनि एकले अर्कालाई देखेर पन्छने गरेको उनले बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘आदरणीय कुलमान सरसँगै गएछ सिन्धुली खुर्कोटतिरको बत्ति । ४ दिन लगातार भयो बत्ति नभएको । कस्को कारण ले हो बत्ति नआएको। कस्लाइ सोध्नु हो कोही छैन जवाफदेही । खुर्कोटको कर्मचारीमा आन्तरिक बेमेल छ भन्ने प्रस्टै देखिन्छ एउटा लार्इ भनो अर्कोलार्इ भन्नुस भन्छन अर्कोलार्इ भनो अर्कोलार्इ भन्नुस भन्छन । कहाँ कस्लार्इ भन्न जाउ यस्तै रहे भोलिबाट खुर्कोटको बिद्धुत अफिसमा ताला लगाए हुन्छ । गोलन्जोरमा अधिकांश समय बत्ति कुनै महिनामा पनि हुन्न सम्बन्धित निकायको ध्यान जावस अन्यथा जनताको धैर्यताको बाँध टुट्न सक्छ ।’

गाउँपालिकाका अध्यक्षले फेसबुकमै आक्रोस पोखेर जनताको घरमा बत्ती बाल्न नसकेको स्वीकारेका छन् । विद्युत प्राधिकरणसित सहजीकरण गरेर बत्ती बाल्न उनलाई फेसबुकमै सुझाव पनि स्थानीयले नै दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: