एमाले नेता रामकुमारी झाँक्री टिकटकमा, भिडियो बन्दै भाइरल (भिडियो) « Nagarik Khabar

एमाले नेता रामकुमारी झाँक्री टिकटकमा, भिडियो बन्दै भाइरल (भिडियो)



काठमाडौं । नेकपा एमालेकी नेता रामकुमारी झाँक्री टिकटकमा हिट बन्दै गएका छन् । राजनीतिक रुपमा तिखो प्रहार गर्न खप्पिस नेता झाँकीका रोमान्टिक गीतमा टिकटक भिडियो रुचाउनेहरु बढ्दै गएका छन् ।

सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै टिकटकमा अहिले भिडियो बनाउनेहरुको होडबाजी नै छ । कमै नेताहरु टिकटकमा छन् । युवा पुस्ता अहिले टिकटकमा बढी देखिन्छन् । नेता झाँक्री पनि टिकटकमा रमाएको भेटिएका छन् ।

नेता झाँक्रीले विभिन्न चर्चित गीतमा लिप्सिङका साथमा भिडियो बनाएका छन् । श्रीमानका साथमा पनि उनले भिडियो बनाएका छन् ।

उनका शुभेच्छुकका साथै विभिन्न चर्चित कलाकारहरुका साथमा पनि टिकटक बनाएर उनले पोष्ट गरेका छन् ।

नेता झाँक्रीका रमाइला भिडियोहरु देखेर विभिन्न प्रतिक्रियाहरु पनि टिकटकमा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: