श्रम स्वीकृति अब साताको दुई दिन, आइतबार र बुधबार « Nagarik Khabar

श्रम स्वीकृति अब साताको दुई दिन, आइतबार र बुधबार



काठमाडौं । वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले श्रम स्वीकृति दिने समय बढाएको छ । अबदेखि सातामा दुई दिन श्रम स्वीकृत दिने भन्दै कार्यालयले समय बढाएको हो ।

यसअघि सातामा एक दिन बुधबार मात्रै श्रम स्वीकृति दिने काम हुँदै आएको थियो । कोरोना भाइरस संक्रमण केही कम भएको भन्दै आइतबार र बुधबार गरी हप्तामा दुई दिन श्रम स्वीकृति दिने निर्णय वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले गरेको हो ।

बायोमिट्रक नभएका कामदारलाई कर्मचारी उपस्थित गराएरै भए पनि श्रम स्वकिृति दिइरहेको कार्यालयले बताएको छ ।

बायोमोट्रिक गरेका कामदारहरुले भने अनलाइन माध्यमबाट श्रम स्वीकृति पाउने भएकाले सकेसम्म कार्यलयमा उपस्थित नहुन आग्रह गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि यस कार्यमा सहयोगी भूमिका निर्वाह गरेको छ । संघले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वीकृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेज र संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: