दक्षिण कोरियाः बसमाथि घर बज्रिंदा ९ जनाको मृत्यु (भिडियोसहित) « Nagarik Khabar

दक्षिण कोरियाः बसमाथि घर बज्रिंदा ९ जनाको मृत्यु (भिडियोसहित)



एजेन्सी । दक्षिण कोरियाको दक्षिणी शहर ग्वाङ्जुमा रोकिराखेको बसमाथि अचानक पाँच तल्ले भवन बज्रिँदा ९ जना यात्रुको मृत्यु भएको छ।

उक्त बसमा १७ जना यात्रु रहेको बताइएको छ। बाँकी ८ जना यात्रु गम्भीर घाइते भएको कोरियका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

बुधवार दिउँसो रोकिरहेको अवस्थामा बसमाथि नजिकै रहेको पाँच तल्ले भवन बज्रिएको थियो।

बस त्यहाँ किन रोकिराखेको थियो र उक्त भवन कसरी ढल्यो भन्नेबारे केही खुलेको छैन।

राष्ट्रपति मुन जाइ इनले घटना कसरी भयो ? भन्ने विषयमा शीघ्र अनुशन्धान गर्न निर्देशन दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: