भारतमा बुधबार पनि एक लाखभन्दा कम कोरोना संक्रमित « Nagarik Khabar

भारतमा बुधबार पनि एक लाखभन्दा कम कोरोना संक्रमित



नयाँदिल्ली । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना संक्रमित भेटिएका छन् । एक लाख भन्दा कम कोरोना संक्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमणको कारण ६ हजार १ सय ४८ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ ।

एक दिनमा कोरोनाबाट मृत्यु भएको भारतमा अर्थात संसारभरमा नै कोरोना सुरु भएयताको यो सब भन्दा घेरै संख्या हो ।

प्राप्त समाचार अनुसार बिहारमा कोरोना संक्तमणबाट ३ हजार ९ सय ७१ जनाको मृत्यु भएपछि भारतमा एकै दिनमा ६ हजार १ सय ४८ को मृत्यु भएको बताइएको हो ।

यद्यपी बिहारबाट प्राप्त यो समाचार एकै दिनको नभएको र मृतकको पूरानो रिर्कडलाई पनि समावेश गरिएको समाचारमा जनाइएको छ ।

यसैसँगै भारतमा कोरोनाबाट मृत्यु भएका व्यक्तिको संख्या ३ लाख ५९ हजार ६ सय ७६ पुगेको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको संख्या २ करोड ९१ लाख ८३ हजार १ सय २१ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा १ लाख ५१ हजार ३ सय ६७ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

यसैसँग भारतमा २ करोड ७६ लाख ५५ हजार ४ सय ९३ जना कोरोना मुक्त भएका छन् । हाल यहाँ ११ लाख ६७ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

भारतमा बुधबार एकै दिनमा २० लाख ३४ हजार ६ सय ९० जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३ सय ६० डोज खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: