कोरिया जान रोकिएका युवाको दबाबमूलक अभियान ट्रेण्डिङ्गमा « Nagarik Khabar

कोरिया जान रोकिएका युवाको दबाबमूलक अभियान ट्रेण्डिङ्गमा



काठमाडौं । कोरिया जान रोकिएका युवाहरुको दबादमुलक अभियान सामाजिक सञ्जाल ट्विटरको एक नम्बर ट्रेण्डिङ्गमा पुगेको छ ।

कोरियन भाषा पास परीक्षा उत्तीर्ण गरी सबै प्रक्रिया पूरा गरेर पनि कोरिया जान नपाएका युवाले सामाजिक सञ्जाल ट्विटरबाट दबाबमूलक अभियान चलाइरहेका हुन् ।

कोरिया जाने प्रक्रिया तत्काल सुचारु गर्न माग गर्दै उनीहरुले सुरूआत गरेको ह्यासट्याग जस्टिस फर ईपीएस पासर (#justiceforepspasser) अहिले ट्विटरको ट्रेण्डिङ्ग नम्बर एकमा पुगेको छ ।

अभियान शुरू गरेको केही दिनमा २७ हजार ७ सयभन्दा बढीले यस ह्यासट्यागमा ट्विट गरिसकेका छन् । पीडित युवाहरूले केही दिनदेखि प्रधानमन्त्री र पराष्ट्रमन्त्रीलाई मेन्सन गरेर ट्विट गर्ने गरेका छन् ।

प्रधानमन्त्रीले गरेका अरु विषयका ट्विटको कमेन्ट बक्समा समेत धेरै ईपीएसपीडित युवाहरूले आफ्नो पीडा पोख्ने गरेका थिए । प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै कूटनीतिक पहल गरी रोकिएका कामदारहरूको माग पूरा गर्न समेत आग्रह उनीहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: