‘एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनु पर्छ र ?’ « Nagarik Khabar

‘एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनु पर्छ र ?’



पोखरा । राष्ट्रिय जनमोर्चा पार्टीकी प्रदेशसभा सांसद् पियरी थापाले एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनु नपर्ने बताएकी छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुअघि जारी छलफलमा सांसद् थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको पक्षपोषण गरेको तर्फ संकेट गर्दै उनले एउटै कुकरमा पकाएको भातका हरेक सिता छामिरहनु नपर्ने बताइन् ।

“एउटा कुकरभित्र पकाएको भातको हरेक सिता छामिरहनु पर्छ होला र ?,” उनले भनिन्,“एउटा कुकरभित्र पाकेको भात समानरुपले पाकेको हुन्छ र मैले यो सरकारलाई त्यहीँ अनुरुपले हेरेको छु ।”

थापाले ओली पथलाई पछ्याइरहेको सरकारलाई हामीले कसरी विश्वास गर्ने भन्दै पश्न गरिन् । उनले सरकारले भ्यू टावरमा जति ध्यान डोको तरकारी बेच्ने महिलाको लागि किन दिन नसकेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: