संगीत नेपालद्वारा महानगरपालिकालाई ‘फग मेसिन’ सहयोग (भिडियाे) « Nagarik Khabar

संगीत नेपालद्वारा महानगरपालिकालाई ‘फग मेसिन’ सहयोग (भिडियाे)



ललितपुर । परिवर्तनका लागि संगीत नेपाल नामक संस्थाले कोरोना महामारी नियन्त्रणका लागि किटाणु नष्ट गर्ने ‘फग मेसिन’ सहयोग गरेको छ ।

बिहीबार महानगरमा संस्थाका तर्फबाट अध्यक्ष ईश्वर बज्राचार्यले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनलाई दुई थान उक्त मेसिन हस्तान्तरण गरेका हुन् ।

कोरोना संक्रमितको उपचारका लागि महानगरले सञ्चालन गरेको आइसोलेनका लागि उक्त मेसिन हस्तान्तरण गरिएको हो । कार्यक्रममा महानगरका प्रमुख महर्जनले महानगरभित्र संक्रमितले उपचार नपाउने अवस्था नभएको बताए ।

कोरोना नियन्त्रण र उपचारका लागि महानगरले आइसोलेसन सञ्चालन गर्दै अन्य काम पनि अघि बढाएको बताए । उनले उक्त मेसिन दुई स्थानका आइसोलेसनमा कार्यान्वयनमा ल्याइने धारणा राखे ।

संगीत नेपाल नामक संस्थाले उपलव्ध गराएको उक्त मेसिनको लागत ६५ हजार दुई सय रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: