मुख्यमन्त्री गुरुङले भने- ‘राजनीतिक संकटका कारण संघीयता संकटमा’ « Nagarik Khabar

मुख्यमन्त्री गुरुङले भने- ‘राजनीतिक संकटका कारण संघीयता संकटमा’



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता संकटमा परेको बताएका छन् । गण्डकी प्रदेशसभामा विश्वासको मत माग्ने प्रस्तावमा उठेको प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले शीर्ष नेताहरुकै कारण संघीयता संकटमा परेको बताए ।

शीर्ष नेताहरु जिम्मेवार रुपमा प्रस्तुत हुन नसक्दा राजनीतिक संटक निम्तिएको बताउँदै उनले भने– ‘सबै पार्टीमा शीर्ष नेता जिम्मेवार रुपमा प्रस्तुत नहुँदा समस्या भएको हैन ? समस्या शीर्ष नेतृत्वमा छ । शीर्ष नेतृत्वमा जिम्मेवार रुपमा प्रस्तुत हुन सकेनन् ।’

राजनीतिक संकटका कारण लोकतन्त्र नै संकटमा परेको उनको भनाई छ । मुख्यमन्त्री भने– ‘पछिल्लो समय राजनीतिक दल जसरी खण्डित अवस्थामा छन् यो राम्रो होइन । यसले लोकतन्त्र संकटमा पर्दै गएको छ ।’

मुख्यमन्त्री गुरुङले लोकतन्त्रको रक्षाका लागि सबैले भूमिका निर्वाह गर्नुपर्ने बेला भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
%d bloggers like this: